Englishनेपाली
  • पश्चिम नेपाल बस ब्यबसायी संघ एक परिचय

    यातायात ब्यवसायीहरुको छाता संस्था पश्चिम नेपाल बस ब्यबसायी संघ एक परिचय
                    पश्चिम नेपाल बस व्यवसायी संघ बुटवल लाई केन्द्र बिन्दुमानी देशभरी यातायात सेवा संचालन गर्ने एक मात्र प्रतिष्ठीत संस्था हो ।  बि.सं २०२६ सालमा रुपन्देही जिल्ला बुटवल नगरपालिका वडा नं. ६ मा प्रधान कार्यालय राखी यातायात ब्यबसायीहरुलाई ब्यबस्थीत ढंगले सेवा संचालन गर्न तथा सर्वसाधारण जनतालाई सरल सुलभ र सुरक्षित ढंगवाट यातायात सेवा उपलब्ध गराउन अभिप्रेरित गर्ने उदेश्यले स्थापना भएको हो । त्यस बेला  लुम्बिनी अञ्चलको कच्ची एवं पक्की सडकमा सेवा संचालन गर्दै सुरु गरेको यस संस्थाले हाल देशको राजधानी काठमाण्डौं लगायत १३ वटा अञ्चलका मुख्य क्षेत्रका साथै  प्रमुख शहरहरु र अती दुर्गम कच्ची सडकहरुमा समेत यातायात संचालन गर्दै आईरहेको छ ।
             पश्चिम नेपाल बस ब्यबसायी संघले ब्यबस्थीत ढंगले यातायात सेवा संचालन गरेर यातायात ब्यबस्थापनको एउटा ब्यबस्थापकीय क्षमता प्रस्तुत गरेर देशमै नमुना संस्थाको पहिचान बनाउन सफल भएको छ । सवारी साधनको संख्या र अवस्थालाई हेर्दा यस संघभित्र प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ७ हजार व्यक्तिहरु रोजगारीमा संलग्न छन् भने त्यसमा २० हजार परिवार आश्रित  छन् । यसले के देखाउछ भने संघले देशको बेरोजगारी समस्यालाई न्युनिकरण गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।
             संघले यस क्षेत्रका समुदाय र राजनीतिक दल एवं स्थानिय निकाय र समुदायसंग सहकार्य गरी ०५८ साल देखि लुम्बिनी अञ्चलको व्यापारिक केन्द्र बुटवल लाई केन्द्र विन्दु मानी गाउ नगर साझेदारी कार्यक्रम अन्र्तगत बस सेवा संचालन गर्दै आएको छ र यो देशको एउटा नमुनाको रुपमा स्थापित छ । सवारी साधनको आकासिंदो आयातलाई यहाको सडकले थाम्न सक्दैन तथा यहाको यात्रुको चापले यहाका यातायात ब्यबसायीलाई प्रर्याप्त जिविकोपार्जनको माध्यम पनि  बन्न सक्दैन भन्ने बिषयलाई मनन  गरि एक बिस्थापित र एक स्थापित भन्ने मान्यतालाई संस्थागत गरेको छ जसका कारण यस क्षेत्रका यात्रुले  नया मोडल र स्तरिय बस हरु बाट यात्रा गर्ने बातावरण तयार हुदै गएको छ ।        
            पश्चिम नेपाल बस ब्यबसायी संघ यस क्ष्ँेत्रमा हुने सामाजिक गतिविधिहरु, सरोकारवाला निकायहरुको आयोजनामा हुने तत्सम्बन्धि हुने गरेका गोष्ठि, सेमिनार, तालिम एवं सामाजिक आन्दोलनहरुमा आफ्नो पूर्ण सहभागिता र उल्लेखनिय योगदान गर्दै आएको छ ।  महान जनआन्दोलन ०६२÷६३ मा यसले खेलेको भूमिका यस क्ष्ँेत्रका आम जनसमुदाय र राजनितीक दलहरुले मुक्तकण्ठले प्रशंसा गर्छन ।

         यसका साथै संघ आफैले विभिन्न समयमा गरेका दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतना अभियान, गोष्ठि र तालिमले यस क्ष्ँेत्रको दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण योगदान पु¥याएको छ । संघले हाल सम्म करिव ७ हजार मजदुरहरुलाई उनिहरुले यात्रुहरु संग गर्नु पर्ने ब्यबहार, दुर्घटनका वखत अपनाउनु पर्ने बिधी र सवारी तथा यातायात ब्यबस्था ऐनमा उल्लेख गरिएका मजदुर लक्षित ऐन नियमहरु बारे ज्ञान दिएको छ । जसका कारण पछिल्लो समय संघ बाट सञ्चालित सवारी साधन बाट हुने दर्घटनामा केहीबर्ष यता निकै कमी आएको छ । संघले एक पटक दुर्घटना गरेको चालकलाई दुर्घटनाको प्रकृती हेरी सवारी संञ्चालन गर्न दिने वा नदिने भन्ने मापदण्ड तयार गरेको छ । गम्भिर प्रकृतीको दुर्घटना वा लार्पवाही गरेर चलाउने चालकलाई सवारी चलाउन प्रतिवन्ध लगाईएको छ भने सामान्य अवस्थाको दुर्घटना गर्ने चालकलाई एक महिना सम्म प्रशिक्षणमा सहभागी गराएर मात्र गाडि चलाउन दिईएको छ ।
         संस्थाले सामाजिक क्षेत्रमा आफ्नो भुमिकालाई अछुर्ण राखेको छ हामी समाजका हरेक समुदायको भावनालाई यथासम्भव सम्वोधन गरेको छ  । यातायात सेवा सञ्चालन मात्र होईन सामाजिक क्षेत्रमा समेत हाम्रो भुमिका र दायित्व निर्वाह गरेको छ । बिद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गर्ने देखि लिएर राष्ट्रिय खेलाडीहरुको सम्मान बाढी पिडीत देखि भुकम्प पिडीत सम्म हाम्रो सहयोग  गरेको छ ।
             

Online Booking

 

Notice Board

समिति

.

अंन्य

ट्राफिक चिंन